काठमाडौँ, १ पुष–नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरी आधा दर्जन युवा नेताहरू नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ।
सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेताहरू र पार्टीका उपाध्यक्ष महासचिव, उपमहासचिव, सचिव लगायतका शीर्ष नेताहरूले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो।
समाजवादी प्रेस संगठन, नेपालका उप(महासचिव प्रतिज्ञा मगरको पहलमा कृष्णबहादुर पाण्डे (माओवादी केन्द्र), डम्बर योगी (एमाले), प्रमोद कुवर (माओवादी केन्द्र), हिरामणी घर्ती मगर (माओवादी केन्द्र), गोकर्ण योगी (एमाले), हरिप्रसाद घर्ती (माओवादी केन्द्र), देवु बुढा मगर (एमाले), ले एकीकृत समाजवादी रोज्नुभएको हो।
एकीकृत समाजवादी पार्टी रोज्नुभएका युवाहरूले एमाले(माओवादीबाट नेपालको कम्युनिष्ट आन्दोदन अगाडि बढ्न नसक्ने बताउनु भएको छ। अध्यक्ष नेपालले पार्टीको स्थायी कमिटी बसिरहेको बेला युवाहरुलाई पार्टीमा स्वागत गर्न पाउदा खुशी लागेको बताउनुभयो।
