झापा, २ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

हिजो बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–२ का २१ वर्षीय प्रजित तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

उनीमाथि शंका लागेर चेकजाँच गर्दा मुखमा लुकाएर ल्याउदैं गरेको खैरो हेरोइन प्लाष्टिकसहित २ ग्राम ८५० मिलिग्राम (प्लाष्टिकबाहेक २ ग्राम ३९० मिलिग्राम) फेला परेको नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *