डुडामारी (शिबसताक्षी), २ पुस–झापाको शिवसताक्षी–१ मा रहेको धरमपुर बचत तथा ॠण सहकारी सस्थाले नगरका तीनवटा सामुदायिक बिद्यालयका बिपन्न बिद्यार्थीहरुलाई अलग–अलग कार्यक्रमको आयोजना गरेर न्यानो स्विटर बितरण गरेको छ ।

शिक्षासँग बालबालिका कार्यक्रमअन्तर्गत सहकारी संस्थाले आज (मंगलबार) शिवसताक्षी–७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिध्यालय, शिवसताक्षी-८ डुडामारीस्थित भगवती आधारभुत बिध्यालय र शिवसताक्षी-४ पाँचगाछीस्थित त्रिभुवन माध्यमिक बिध्यालयका बिपन्न बिध्यार्थीहरुलाई न्यानो कपडा स्वीटर बितरण गरिएको हो ।

जाडो मौसमलाई मध्यनजरगरि ९१ जना बिपन्न बिध्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरिएको बताइएको छ ।

उक्त सहकारी संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्दै बिद्यार्थीहरुलाई स्वीटर बितरण गरेको संस्थाको अध्यक्ष कुमर शंकरले बताउनुभयो ।

अध्यक्ष शंकरका अनुसार सस्थाले हरेक बर्ष सस्थाको नीति अनुसार सामुदायिक बिद्यालयमा बिपन्न परिवारका छोरा–छोरीहरु अध्ययन गर्ने भएकोले जाडोमा थोरै भए पनि मलमपट्टी लगाउनको लागि न्यानो स्वीटर बितरण गरिएको हो ।

न्यानो कपडा स्वीटर बितरण कार्यक्रममा सस्थाका तर्फबाट अध्यक्ष कुमार शंकर, उपाध्यक्ष चन्द्र कुमार खड्का, सचिब नारदमणि रिमाल, कोषाध्यक्ष जयकुमारी चेम्जोङ, सदस्य चक्रबहादुर माझी, सल्लाहकार नगेन्द्रबहादुर बोहोरा, व्यवस्थापक बिनोद ढकालको सहभागिता रहेको थियो ।

त्यसैगरि बिध्यालयकोतर्फबाट स्वीटर बितरणमा बालसेवा आधारभुत बिध्यालयका प्रधानध्यपक बेनुप्रसाद कार्की, बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन, सद्स्य प्रेम रोक्का, त्रिभुवन माध्यमिक बिध्यलयमा त्यस बिध्यालयका प्र अ नारायणप्रसाद चापागाइ, बिब्यस अध्यक्ष महेश्वर दुलाल, वाडा सदस्य लगायत अबिभावक कृष्णकुमारी परियार त्यस्तै भगवती आधारभुत बिध्यलयमा सोही बिध्यालयको बिब्यस अध्यक्ष भक्तबहादुर निङ्लेकु, प्रअ टेकबहादुर थापामगर, वडा सद्स्य टिकामाया बिस्वकर्माको शुभकामना मन्तब्य रहेको कार्यक्रममा अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *