दमक, २ पुस–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दमक नगर समितिका अध्यक्ष नबीन योगीलाई दमक टेक्वान्दो डोजाङले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
मंसिर ८ गते, शनिबार सम्पन्न प्याब्सन दमक नगर समितिको तेस्रो नगर अधिवेशनबाट योगी अध्यक्षमा निर्वाचित भएका हुन् । योगी कार्यरत दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी विद्यालयमा डोजाङले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
शैक्षिक तथा खेलप्रेमी योगीलाई आज (मंगलबार) दमक टेक्वान्दो डोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमालले नेपाली ढाका टोपीले सम्मान स्वरुप हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तैं, डोजाङका सल्लाहकार अनिलदेब राई, पत्रकार डिकेन्द्र बस्नेत र सुजन गौतमले समेत नवनिर्वाचित प्याब्सन दमक नगर समितिका अध्यक्ष योगीलाई खादा ओढाएका थिए ।
लामो समयदेखि दमकमा संस्थागत रुपमा शैक्षिक र खेलकुद क्षेत्रको विकासमा क्रियाशिल योगी दमक टेक्वान्दो डोजाङका उपाध्यक्ष हुन् । उनी, दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक बिद्यालयका प्रिन्सिपल हुन् ।
