काठमाडौं, ६ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले एकाध बाहेक मन्त्रीहरूको कामबाट सन्तुष्ट नभएको ‘ब्रिफिङ’ गरेका थिए ।

प्रधानमन्त्रीले जनताले महसुस गर्ने खालको काम हुन नसकेको ब्रिफिङ गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

‘सरकार बनेको पाँच महिना बितिसक्दा पनि जनताले महसुस गर्ने खालको काम नभएको उहाँले बताउनु भयो,’ ती मन्त्रीले भने । त्यसो त प्रधानमन्त्री ओलीले राम्रो काम नगरे मन्त्रिपरिषद् पुनर्गठन गर्ने चेतावनी दिँदै आएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *