महोत्तरी, ६ पुस–महोत्तरीमा लुटेरा समूहले शनिबार बिहान एकजनाको हत्या गरेको छ। मनरा शिसवा–४ साढाका अन्दाजी ७० वर्षीय सुशील झाको हत्या भएको प्रहरीले जनाएको छ।

बिहान ३ः४ बजेतिर आएको अनुमानित ८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको हो । स्थानीयवासीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल जयसवालले हत्याका बारेमा जानकारी दिए।

लुटेरा समूहले झाको घरमा रहेको सुनका केही गहना र करिब एक लाख रुपैयाँ पनि लुटेर लगेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरिरहेको जयसवालले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *