दमक, ६ पुस–झापा मेचीनगर–६ काँकडिभिट्टाकी रंगकर्मी एबम् कलाकार कविता नेपालले उत्कृष्ट युवा पुरस्कार प्राप्त गरेकी छन् ।

इटहरीमा आज (शनिबार) आयोजित नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा रंगकर्मी नेपाल उत्कृष्ट युवा पुरस्कार प्राप्त गरेकी हुन् ।

सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले रंगकर्मी नेपाललाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेका हुन्।

बाहुनडाँगी जेसीजको सिफारिसमा उनलाई‘ सामाजिक न्याय र समाजोत्थान ’मा महत्त्वपूर्ण योगदान पुर्‍याएवापवत् उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको नेपाल जेसीजले जनाएको छ।

मेचीनगर–६, निवासी कबिता नेपाल परिवर्तन थिएटरकी संस्थापक हुन्। उनी विगत १८ वर्षदेखि रंगकर्ममा सक्रिय छिन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *