काठमाडौं, ७ पुृस–नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ। रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो।

यसैगरी मासिक एकसय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार तथा अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो।

रमेश विकल कला–ंसङ्गीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोधसम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ। पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे।

समारोहमा स्व विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा बिदुला घिमिरेलाई प्रोत्सहन पुरस्कार प्रदान गरिएको थियो।

बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत ‘सुनौलो पाइला नेपाल’लाई सम्मान गरिएको थियो। त्यस्तै बिन्धबासिनी विद्यालय मन्डनकी दीलाशा तामाङलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, प्रतिष्ठानका महासचिव विजय चालिसेलगायतले नेपाली साहित्य, कला, सङ्गीत, शिक्षा र समाजसेवाको क्षेत्रमा रमेश विकलको योगदानको स्मरण गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *