दमक, १४ पुस–इलाममा आयोजित अन्तर क्याम्पस गोल्डकपको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ । शनिबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई एक गोलले पराजित गर्दै दमकले उपाधि चुम्न सफल भएको हो ।

उपाधिंगै दमकले दुई लाख, ट्रफि तथा प्रमाणपत्र पाएको छ भने महेन्द्र बहुमुखी क्याम्पस धरानले उपविजेता बन्दै एक लाख रुपैयाँ, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

मध्यान्तरअघि नै दमकका किस्मत लिम्बूले प्रहार गरेको बललाई डिफेन्डर जर्सी नं ४ का प्रविनले हेडमार्फत क्लियर गर्न खोज्दा बल आत्मघाती बन्न पुग्यो । उक्त गोल नै दमकका लागि निर्णायक बन्नपुग्यो । प्रतियोगिताका विजेता,उपविजेता खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पसले आयोजना गरेको अन्तर क्याम्पस गोल्डकप प्रतियोगितामा दमक बहुमुखी क्याम्पस झापा, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार सुनसरी, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम, पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङ, दार्जिलिङ गभर्मेन्ट क्याम्पस भारत, गौरादह क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस धरान र मेची बहुमुखी क्याम्पस झापाको सहभागिता रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *