अखिल क्रान्तिकारी

काठमाडौं, १५ पुस–नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ।

उमेर हद लगाउने, नलगाउने विषयमा विवाद भएपछि भएको मतदानमा उमेर हद राख्ने पक्षमा मत बढि आएको हो। प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ।

शनिबार भएको मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्ने भएको हो। प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीको आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ।

पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको हो। निर्वाचन कार्यतालिका अनुसार माघ ५ गते केन्द्रीय पदाधिकारी र सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ। भौगोलिक र गैरभौगोलिक गरी ९ प्रदेशस्तरमा मतदान हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *