धरमपुर, १५ पुस–झापाको शिबसताक्षी–२ धरमपुर निवासी हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरिएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको राईलाई सिफारिस गरेका हुन् ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
हर्कराज राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

