वामदेव गौतम

काठमाडौँ, १७ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूबस्च छलफल भएको छ।

आज (बुधबार) एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो। बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘म एकीकृत समाजवादीसँग नजिक छु। हाम्रोबीचमा एकताकाबारेमा छलफल भइरहेको छ। आज त्यसैको शिलशिलामा छलफल भएको हो। पार्टी एकता चाँडै हुन्छ।’

एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन्। तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन। आजको बसाईमा सोही विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष ज्वाला, महासचिव घनश्याम भुसाललगायतका नेताहररूको सहभागिता रहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *