दमक, १७ पुस–दमकमा आज (बुधबार) बिहान राष्ट्रिय टोपी दिवस मनाईएको छ । जीवन चक्र समाज नेपालले आयोजना गरेको टोपी दिवसमा दमकका अग्रज व्यक्तित्व मेघराज तिम्सिनालाई सम्मान गरिएको छ ।
दमक–६ निवासी सामाजिक, शैक्षिक व्यक्तित्वका धनी ८३ बर्षिय तिम्सिनालाई टोपी दिवसमा सम्मान गरिएको हो ।
टोपी दिवस कार्यक्रम संयोजक एबम् जीवन चक्र समाज नेपालका उपाध्यक्ष बेनुप प्रसाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमकका अग्रज व्यक्तित्व मेघराज तिम्सिनालाई दोसल्लासहित सम्मान–पत्रद्धारा सम्मानित गरिएको थियो ।
टोपी दिवस कार्यक्रमको औचित्य, महत्वसंगै जीवन चक्र समाज नेपाल संस्थाको स्थापना र हालसम्म भएका गतिबिधीहरुका बारेमा संस्थाका अध्यक्ष गणेशप्रसाद (जीपि) गौतमले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी लगायतले टोपी दिवसको महत्व माथि चर्चा गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष गणेशप्रसाद गौतम र सचिव गणेश प्रधानले गर्नुभएको थियो ।
