पाडाजँुङ्गी, २१ पुस–पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले १४औ बार्षिक साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

पाडाजुँङ्गीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आज (आइतबार) एक कार्यक्रमबीच प्रतिवेदन पुस्तिका सार्वजनिक गरिएको हो ।

१४औं बार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन पुस्तिकाको संस्थाका अध्यक्ष शेरवहादुर श्रेष्ठ, उपाध्यक्ष प्रेम कार्की, सचिव सञ्जय कुमाल, कोषाध्यक्ष देवका भण्डारी, लेखा संयोजक प्रेमप्रसाद दुलाल, व्यवस्थापक भुपाल बस्नेत सहितका सञ्चालक समितिका सदस्य भक्तवहादुर कार्की,हरुले सामूहिक रुपमा सार्वजनिकरण गरेका थिए ।

संस्थाका कर्मचारी प्रदिप वस्नेतका अनुसार प्रतिवेदन पुस्तिका २४ पुसमा मुख्य कार्यालयसहित गौरादह र केर्खा सेवा केन्द्रमा समेत वितरण गरिने कार्यक्रम छ ।

प्रतिवेदन उपर शेयर सदस्यहरुबाट प्राप्त भएका सुझावहरुलाई समेटेर संस्थाको मुख्य कार्यालयमा २६ गते हुने माइन्यूट प्रमाणिकरणसहितको साधारणसभा औपचारिक रुपमा समापन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *