झापा, २१ पुस । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित ब्रोक्राझाडीमो रहेको अमृत माध्यमिक विद्यालयका करिब पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

सहारा नेपालको व्यवस्थापन, लीलामाया खड्का आदर्श फाण्डेशन, झापा एफसी र फ्रेन्सको सहयोग तथा अमृत माविको आयोजनामा आज यहाँका ४ सय ९६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । विपन्न, सिमान्तकृत र मदेशी समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयमा सहारा नेपालसहित सहयोगी दाता परिवारको उपस्थितिमा बाल शिक्षादेखि कक्षा–१० सम्मका ती विद्यार्थीलाई न्यानो कपडा ९स्वीटर० वितरण गरिएको छ ।

झापा एफसीका संस्थापक अध्यक्ष अर्पणविक्रम खड्काले उपलब्ध गराउनुभएको न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमीराज थापाको अध्यक्षता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीलगायतले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

प्रमुख अतिथि गिरीले विदेशमा रहेर पनि आफ्नो गाउँठाउँको उन्नयनमा लागि पर्ने अर्पणविक्रमसहित फाउण्डेशन परिवारलाई धन्यवाद दिनुभयो । उहाँले न्यानो कपडा पाएपछि विद्यार्थीलाई पठनपाठनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व श्रम तथा पूर्वाधारमन्त्री टेकनारायण राजवंशी, बाह्रदशी गाउँपालिकाका शिक्षा शाखा निमित्त प्रमुख गोगराज पौडेललगायतले शुभकमना मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयले सहारा नेपाल र फाउण्डेशनलाई प्रशंसा–पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा फाउण्डेशनका अभिभावक लीलामाया खड्का, सहारा नेपालका सहसचिव एलबी गिरी, सञ्चालक सदस्य हेमराज गिरी, फडिन्द्र भण्डारी, अनुगमन समिति संयोजक दुर्गा भण्डारी, सदस्य राजु गिरी, संयोजक महिला उपसमिति चित्रकला ओली, सहारा नेपाल साकोसका विपद व्यवस्थापन समिति सदस्य हेम खड्का, ओमप्रकाश गौतम, सराहा नेपालका कार्यक्रम व्यवस्थापक मात्रिका सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि लीलामाया खड्का आदर्श फाण्डेशनकी संरक्षक शिखा खड्का गणेशले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक नरेश बरालले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *