झिलझिले, २२ पुस–प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको आगामी नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । आज (सोमबार) सम्पन्न उम्मेद्धवारी मनोनयन दर्ता प्रकृयामा सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवार परेको हो ।
निर्वाचन समितिका संयोजक दीपक कुमार न्यौपानेका अनुसार सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पदमा तीन जनाले उम्मेद्धवारी दर्ता गराएका हुन् । उम्मेद्धवारी दर्ता गराउनेहरुमा शिबसताक्षी नगरकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल, निवर्तमान अध्यक्ष तुलाराम बोखिम र निवर्तमान उपाध्यक्ष उदयप्रकाश राई छन् ।
अध्यक्ष पदका उम्मेद्धवार भोजकुमारी नेपाल शिबसताक्षी नगरकी पूर्व उपप्रमुख हुन । वहाँ, नेकपा (एमाले) को तर्फबाट अध्यक्षका उम्मेदवारी भएका हुन् ।
त्यसैगरी, अध्यक्षका अर्का आकाक्षी उदयप्रकाश राई सताक्षीधाम धार्मिक तथा पर्यटकीय संस्थाका जानकार हुन् । वहाँ, लामो समयदेखि सताक्षीधाममा क्रियाशिल हुनुहुन्छ । शैक्षिक संस्थालाई व्यवसायीक कर्म बनाइराखेका राई झिलझिलेस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक उपाध्यक्ष हुन् ।
त्यस्तैं, संस्थाका निबर्तमान अध्यक्ष तुलाराम बोखिम होटल तथा निर्माण व्यवसायी हुन् । नेपाली कांग्रेसका नेता बोखिमले सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाको नेतृत्व गरिसकेका छन् ।
संस्थामा १३ पदका लागि २९ जनाको उम्मेद्धवारी दर्ता भएको निर्वाचन समितिका संयोजक न्यौपानेले जानकारी दिए । उपाध्यक्ष पदमा कृष्ण प्रसाद खरेल र मोहनप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
सचिव पदमा मोहन राई र कालिप्रसाद रिजालले उम्मेद्धवारी दर्ता गराएका छन् । सहसचिव पदमा डिकबहाुदर बुढाथोकी, भगिरथ घिमिरे र मदनमोहन अधिकारीले उम्मेद्धवारी दर्ता गराएका छन् ।
त्यस्तैं, संस्थाको कोषाध्यक्ष पदमा झमकबहादुर गौतम र भीमबहादुर कार्कीले उम्मेद्धवारी दर्ता गराएका छन् ।
त्यसैगरी, महिला सदस्य पदका लागि चार जनाको उम्मेद्धवारी दर्ता भएको निर्वाचन समितिका संयोजक न्यौपानले बताउनुभयो । वहाँका अनुसार महिला सदस्यतर्फ दुई जनाका लागि चार जनाको उम्मेद्धवारी दर्ता भएको हो । यसरी उम्मेद्धवारी दर्ता गराउनेहरुमा खनिमाया श्रेष्ठ, दिलकुमारी बस्नेत, निर्मला यादब र ललिता सापकोटा छन् ।
यता, खुल्ला सदस्यतर्फ १३ जनाको उम्मेद्धवारी परेको छ । खुल्ला सदस्यतर्फ ६ जना निर्वाचित हुने भएपनि १३ जनाले उम्मेद्धावारी दर्ता गराएका हुन् ।
उम्मेद्धावारी दर्ता गराउनेहरुमा कुवेर प्रसाद लुइटेल, गणेशप्रसाद भेट्वाल, गोकुल प्रसाद पौडेल, गंगाप्रसाद तिम्सिना, डम्बर बहादुर दाहाल, डिल्लीराम भण्डारी, दाताराम बिष्ट, धनबहादुर पराजुली, प्रकाश श्रेष्ठ, मनबहादुर थापा, योगनिधि बास्तोला, सन्तकुमार आङ्दम्बे र सन्तकुमार राई छन् ।
दुई बर्षे कार्याकालका लागि निर्वाचित हुने समितिमा यस पटक नेकपा (एमाले), नेपाली कांग्रेस र स्वतन्त्र उम्मेद्धावारीहरु चुनावी अभियानमा जुटेका छन् । सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थामा १८८३ जना मतदाताहरु छन् । अघिल्लो सम्पन्न अधिवेशनमा १०६३ जना मतदाताहरु थिए ।
