दमक, २२ पुस–झापा जिल्ला ईसाई समाजको ऐतिहासिक प्रतिनिधि सम्मेलन आज (सोमबार) दमकस्थित ज्योति चर्चमा सम्पन्न भएको छ। आज सम्पन्न प्रतिनिधि सम्मेलनले जिल्ला इसाई समाजको ११ सदस्यीय कार्यसमिति रहेको नयाँ नेतृत्व चयन गरेको छ।

सो समितिको अध्यक्षमा पास्टर डम्बरबहादुर विस्वकर्मा (इसाहक), उपाध्यक्षमा पास्टर लालबहादुर दाहाल, सचिवमा एल्डर ताराप्रसाद दाहाल, सहसचिव धनकुमार बेघा र कोषाध्यक्षमा रञ्जना श्रेष्ठ तामाङ चयन भएका हुन ।

यस्तै, समितिको सदस्यहरूमा, सीता पोख्रेल, पदम पुलामी, दिपा राई, काजीमान पन्धाक, गंगाप्रसाद आङ्बो, इसाहक गजमेर रहेका छन।

प्रतिनिधि सम्मेलनको उद्घाटन समारोहमा रेभरेण्ड पाष्टर दानीयल सुब्बाबाट बाइबल दर्शन र समाज, धर्म, बिज्ञान, परिवर्तनका बारेमा बोल्नुभएको थियो । समारोहका प्रमुख बक्ताको रुपमा रहनुभएका रेभरेण्ड पाष्टर सुब्बाले इसाई धर्मावलम्वीहरुले अनुशासन, नम्रता, हार्दिकता, प्रेम, आत्मियताका बारेमा सुमाचारीय सन्देशहरु राख्नुभएको थियो ।

दमकस्थित ज्योती चर्चमा आयोजित प्रतिनिधि सम्मेलनमा रेभ एन डी थुलुङ राईले अध्यक्षता गर्नुभएको थियो । समारोहमा सञ्चालन पास्टर जगतनाथ पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा कोशी प्रदेश ईसाई समाजका उपाध्यक्र्ष एबम् दमक नगर इसाई समाजका निवर्तमान अध्यक्ष पास्टर आकाश थुलुङ राईले बाइबल धर्मशास्त्रका प्रवचन व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका पाष्टर आकाश थुलुङ राईले येशु ख्रीष्ट र बाइबल धर्म शास्त्रका विभिन्न रोचक र आशिषमय प्रवचन राख्नुभएको थियो । त्यसैगरी, नवनिर्वाति समितिका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसअघि, सम्मेलनको बन्दसत्रमा पास्टर राजकुमार नाछिरिङ राईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । अन्तर धार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष एबम् दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर नाछिरिङको संयोजक रहेको समितिको सदस्यहरुमा रेभरेण्ड एनोस गजमेर, पास्टर जगतनाथ पौडेल, पास्टर बुद्ध बराईली र पास्टर हरि थापाले भूमिका निर्वाह गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *