शिबगञ्ज, २२ पुस–झापाको शिबगञ्जमा सञ्चालित वीपी बहुदेश्यीय सहकारी कृषि संस्थाले आज ३३औं बार्षिक साधारणसभा तथा ११औं अधिवेशन सम्पन्न गरेको छ ।

शिबसताक्षी–६ शिबगञ्जमा कार्यालय स्थापना गरेर सञ्चालनमा आएको संस्थाले शेयर सदस्यहरुलाई सम्मान गर्नुका साथै आर्थिक बर्ष २०८०।८१ को बार्षिक प्रगती प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थामा विभिन्न विषयतर्फ उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई बार्षिक साधारणसभाको उद्घाटनमा खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मानित सदस्यहरुलाई बार्षिक साधारणसभाको प्रमुख अतिथि शिबसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्की, संस्थाका अध्यक्ष दिनेशकुमार श्रेष्ठले दोसल्ला ओढाएर प्रमाण–पत्र र मायाको चीनो बितरण गर्नुभएको थियो । सो अवसरमा नेत्र पोडेल र सुर्य नारायणसिह ताजपुरियाले शुभकामना मन्तव्य मन्तव्य राख्नुभएको थियो ।

आजै, संंस्थाको ११औं अधिवेशनले आगामी कार्याकालका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति पुनः गठन ुगरिएको छ । सञ्चालक समितिको अध्यक्षमा पुनः दिनेशकुमार श्रेष्ठलाई निर्वाचित गरेको छ ।

त्यस्तैं, सञ्चालक समितिको उपाध्यक्षमा अम्बिका थापा निरौला र सदस्यहरुमा नबीन तिम्सिना, डम्बर कुमार (गोकुल) बिमली, खेमनाथ न्यौपाने, नारायण प्रसाद दाहाल, बालिका कार्की, सूर्यनारायण राजवंशी र व्यवस्थापक मनिषा दाहाल निर्वाचित गरेको हो ।

संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सन्तकुमार खड्का, सदस्य आनन्द प्रधान र भक्तिप्रसाद काफ्ले निर्वाचित भएका छन् ।

बार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तैं, आगामी कार्यक्रम, योजना र अनुमानित आम्दानी र खर्चका बिबरणहरु प्रस्तुत गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *