कमल, ६ माघ–झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

कमलनगर जेसीजको १०औँ वार्षिक साधारण सभाबाट शनिवार कमल गाउँपालिका–१ स्थित कमल पोखरी सामुदायिक भवनमा सम्पन्न निर्वाचनबाट वर्ष २०२५ को लागि अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित भएका छन् ।

कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष तथा वर्ष २०२५ का निर्वाचन आयुक्त जेसी नारायण बस्नेतका अनुसार कमलनगर जेसीजले वर्ष २०२५ को कार्यकारिणी उपाध्यक्षहरुमा जेसी मनिषा कठायत र जेसी रोसन अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी डिजा घिमिरे, जेसी अर्चना कार्की, जेसी मिलन पौडेल र जेसी कमल कटुवाल तथा तालिम निर्देशकमा जेसी भूमिका चापागाई र जनसम्पर्क अधिकारीमा भिम कुमारी बस्नेत (रञ्जना) निर्वाचित भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *