धरमपुर, २५ माघ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज (शुक्रबार) विद्यालयमा आयोजना गरिएको अभिभावक भेलाबाट तेजबहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो ।

विद्यालयका पूर्व विद्यार्थी तथा धरमपुरका व्यवसायी मोहन सेउचुरीका अनुसार शिक्षक अभिभावक संघको सदस्य सचिवमा खगेन्द्रबहादुर लम्जेल छन् भने पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर खबार रहनुभएको छ ।

त्यसैगरी, संघको सदस्यहरुमा इन्द्रबहादुर खबास, कल्पना बाँनिया, ददिराम न्यौपाने, शान्ति राई, सुकमाया तामाङ, कमल राई र कृष्ण बुढाथोकी छन् ।

शिक्षक अभिभावक संघको सदस्यतर्फ एक पदमा शिक्षकहरुको तर्फबाट प्रतिनिधि पठाउन बाँकी रहेको विद्यालयका प्रधानध्यापक लम्जेलले जानकारी दिए । प्रधानध्यापक लम्जेलले शिबसताक्षी नगर शिक्षा नियावली २०८१ को व्यवस्था अनुसार शिक्षक अभिभावक संघ गठन गरिएको बताउनुभयो ।

लक्ष्मी नारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर खबासको अध्यक्षतामा शिक्षक अभिभावक संघ पुनर्गठन गरिएको हो । नवगठित समितिका अध्यक्षसहित सदस्यहरुलाई प्रधानध्यपाक लम्जेलले विद्यालयको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिबसताक्षी–१ का प्रतिनिधि वडा सदस्य पूर्ण लिम्बू, विद्यालयका पूर्व विद्यार्थी तथा कवि निहाङ किराती सहित अभिभावकहरु र शिक्षक–शिक्षिकाहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *