दमक, २६ असोज–झापाको दमकमा इसाई धर्मावलम्वीहरुको छाता संस्था दमक नगर इसाई समाजअन्तर्गत युवा संगतीको तेस्रो नगर अधिवेशन आइतबार सम्पन्न भएको छ ।
दमक नगर युवा संगतीको तेस्रो नगर अधिवेशनले आगामी कार्याकालको लागी सुलभ हस्दा (ज्योती चर्च) लाई अध्यक्षमा सर्बसम्मत चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा प्रदीप बाग्दास (होप चर्च), सचिवमा याबेस दियाली (रे अफ होप चर्च), उपसचिवमा सुदेश राई (गुड न्यूज चर्च) र कोषाध्यक्षमा गंगा राई (आशिष प्रेस्बिटेरियन चर्च) चयन भएका छन् ।
त्यसैगरि, समितिको सदस्यहरुमा एलीना देउजा (हेब्रोन चर्च), महीमा शेर्मा (न्यू लाइफ गोस्पल चर्च), अस्मिता लिम्बू (शान्ति बाप्तिस चर्च), उज्वल गहतराज (शालोम एजी चर्च) छन् ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको संयोजक दमक समाजका उपाध्यक्ष एबम् पाष्टर राम राई र हर्क राई सदस्य रहेको निर्वाचन समितिमार्फत नयाँ नेतृत्व चयन गरिएको थियो ।
सो अवसरमा नव निर्वाचित समितिका अध्यक्षसहित पदाधिकारीहरु र सदस्यहरुलाई दमक नगर इसाई समाजका पूर्वअध्यक्ष एबम् अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले नव निर्वाचित समितका पदाधिकारी र सदस्यहरुलाई बधाईसहित शुभकामनाका शब्दहरु राख्नुभएको थियो ।
सोही अवसरमा पाष्टर नाछिरिङले इसाई धर्मको आवश्यता, प्रभावका बारेमा बोल्नुभएको थियो । त्यस्तैं, वहाँले यीशु मसीहको शिक्षा र इतिहासका पक्षमा स्पष्ट पार्नुभएको थियो ।
यसअघि, दमक नगर दिदीबहिनी संगतीको तेस्रो अधिवेशनमार्फत पाष्टर पारु खापुङ राई अध्यक्ष रहेको नयाँ नेतृत्व समिति चयन भइसकेका छन् ।
