नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

उदयपुर, ३० माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा (एमाले) मा जाने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् ।

आज (बुधबार) एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन उदयपुरले गरेको पत्रकार सम्मेलनामा बोल्दै पूर्व प्रधानमन्त्री तथा सम्मानित नेता खनालले मतिभ्रष्ट भएकाहरुले एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका दाबी गरेका छन् ।

नेता खनालले भने, ‘मति भ्रष्ट भएकाहरुले म एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका हुन् । म आफ्नो विचार, नीति र सिद्धान्तमा प्रस्ट छु ।’

खनालले सरकारले ल्याएको अध्यादेश सदनबाट स्वीकृत नहुने अवस्था आउँदा पनि वर्तमान सरकारले नैतिकताको आधारमा सत्ता छाडन नमानेको आरोप समेत लगाएका छन् ।

अध्यादेश पास नहुने निश्चित हुँदा कांग्रेस र एमालेले सरकार ओगटेर बसेको उनको भनाइ छ । फरक प्रशंगमा खनालले साना दल फुटाउनेगरि सरकारले अध्यादेश ल्याएमा त्यसको असर ठूला दललाई नै पर्ने बताएका छन् ।

समाजवादी प्रेष संगठन उदयपुरका अध्यक्ष इश्वर मगरको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *