दमक, ५ फागुन–झापाको कमल–५ मंगलवारेस्थित नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको कार्यालयमा आज (सोमबार)० एक दिने निशुल्क आखाँ तथा दन्त शिविर सम्पन्न भएको छ । आखाँ तथा दन्त शिविरमा २ सय ५१ जना सेवाग्राहीहरु लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा र राष्ट्रिय बहुमुखी सहकारी संस्था दमकको संयुक्त आयोजनामा एक दिने निःशुल्क शिविर सभ्पन्न भएको हो । सो शिविरको आखाँतर्फ १ सय ९० जना र दन्त सम्बन्धी ६१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा विरामीहरुलाई औषधीहरुसमेत निशुल्क वितरण गरिएको थियो ।
शिविरमा मेची आँखा अस्पताल र दन्त सम्बन्धी दमक थुलुङ डेन्टलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा कमल ६ का ८१ बर्षिय सितामणी बराल लगायतले आखाँ सम्बन्धी सेवा लिएका थिए । शिविरमा मोतियाविन्दु देखिएका ७ जनाको शल्यक्रियाका लागि मेची आँखा अस्पतालमा पठाईएको थियो ।
राष्ट्रिय बहुमुखी सहकारी संस्था दमकका अध्यक्ष एलडी राईको अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
शिविरमा दन्त सम्बन्धी थुलुङ डेन्टलकी डा.सोफिया थुलुङ, मेची आँखा अस्पतालकी डा.कविता कार्की लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले सहयोग पुरयाँएका थिए । शिविर कमल ५ मंगलबारेस्थित रेडक्रस उपशाखाको भवनमा सञ्चालन भएको थियो।
