दमक, ८ फागुन–नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीको अध्यक्षमा पुनः कुलबहादुर बस्नेत (रवि) निर्वाचित भएका छन् ।

दमक–८ बालुवाटारस्थित माओवादी केन्द्र दमक नगर पार्टी कार्यालयमा आज सम्पन्न दोस्रो नगर अधिवेशनको निर्वाचन कार्यक्रमबाट युवा व्यवसायी बस्नेतको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

सर्वसम्मत निर्वाचित कमिटीको उपाध्यक्षहरुमा नबराज सुबेदी, रूद्र कार्की, सुवास गडतौला, शान्ति धिमाल, सुस्मा अधिकारी, सचिवमा डम्बर बोहोरा, सहसचिबहरुमा युवराज गजमेर, सुन्दर देवान, असिम राई, शान्तिराम भट्टराई, कोषाध्यक्षमा पदम सापकोटा ,कार्यलय सदस्यमा प्रकाश तिम्सिना लगायत चुनिएका छन् ।

तिनदिनसम्म चलेको बन्दसत्रको कार्यक्रममा विभिन्न सेक्टर र वडाहरुबाट २२१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगर अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड) ले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *