काठमाडौं, १२ फागुन–इङलिस प्रिमियर लिगमा, लिभरपुलले आफ्नो उपाधि यात्रा बलियो बनाउँदै लगेको छ।

गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गर्यो।

इत्तिहाद स्टेडियममा सिटी विरुद्धको जितसँगै लिभरपुलले तालिकामा एघार अंकको अग्रता बनाएको छ। खेलमा आर्सनल वेस्टह्यामसँग पराजित भएको फाइदा पनि लिभरपुलले उठायो। पाहुना टिमले १४ औं मिनेटमा पहिलो गोल गरेको थियो। उसका लागि मोहम्मद सालाहले, डोमिनिक सोबोस्लाइको सहयोगमा गोल गरेका हुन्।

सालाहको जारी सिजन यो ३० औं गोल हो। ३७ औं मिनेटमा सोबोस्लाइले गोल गरेपछि लिभरपुल पहिलो हाफमानै २–० नै अघि रहेको थियो। दोस्रो गोलका लागि सालाहले सेट अप गरेका थिए। यो सिजन सालाहले एघार लिग खेलमा गोल र एसिस्ट गरेका छन्।

जुन सन २०१४–१५ को सिजनमा लियोनल मेसी पछि युरोपको शीर्ष पाँच लिगको उच्च हो।

चोटका कारण अर्लिङ हालान्ड बिना मैदान उत्रिएको सिटीले ब्रेकपछि पनि पुनरागमन गर्न सकेन्। बल पोसेसनमा लिभरपुल भन्दा अघि रहेपनि सिटीले गोल गर्न भने सकेन्।

लिग लिडर लिभरपुलको २७ खेलबाट ६४ अंक छ। २० अंकले पछि रहँदै तालिकाको चौथो स्थानमा रहेको सिटीले लिभरपुल भन्दा एक खेल कम खेलेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २६ खेलबाट ५३ अंक छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *