पुष्पकलम दाहाल 'प्रचण्ड'

झापा, १२ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई बलियो बनाउन र सुशासन कायम गर्न नदिने तत्व विरुद्ध नेपाली जनता एक हुनुपर्ने बताएका छन् । नेपालकै सबैभन्दा होचो भू–भाग झापाको कचनकवल स्तम्भमा आज बिहान झण्डोत्तोलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अराजकता र अस्थिरता कायम गर्ने तत्वहरूका विरुद्ध पनि देशका जनता एकजुट हुनुपर्ने बेला आएको बताए ।

‘कुनै बेला झापा विद्रोह, क्रान्ति र न्यायको प्रतीक जिल्लाको रूपमा चिनिन्थ्यो । तर अहिले झापाको त्यो पहिचान र इतिहास मर्ने हो कि भन्ने खतरा बढेको छ । झापालाई फेरि पनि क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतीककै रूपमा बनाइराख्नका लागि माओवादीमाथि त्यो जिम्मेवारी आइपरेको छ,’ प्रचण्डले भने । नेपालको होचो भू–भागबाट सबैभन्दा अग्लो भू–भागमा पार्टीलाई पुर्‍याउने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यसैका लागि पार्टीले झापाबाटै यो अभियानको सुरुवात गरेको हो ।’

तराई–मधेश जागरण अभियानको उदघाटन गर्दै प्रचण्ड
माओवादी केन्द्रले झापाको कचनकवलबाट ‘जनतासँग माओवादी स् तराई मधेश जागरण अभियान’ को शुभारम्भ गर्ने भएको छ । पार्टी अध्यक्ष प्रचण्डले आज दिउँसो १२ बजे कचनकवल गाउँपालिका ६ स्थित बनियानीबाट ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ को उद्घाटन गर्न लागेका हुन् । अभियान उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत एक दर्जन नेता आइपुगेका छन् ।

कचनकवल स्तम्भमा झण्डोत्तोल पश्चात् अध्यक्ष प्रचण्डले राजवंशी समाज विकास समितिको भवनमा सहिद परिवारहरूसँग भेटघाट र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य ९अग्नि०ले जानकारी दिए ।

त्यस्तै आजै दिउँसो ३ बजे बाह्रदशी गाउँपालिकाको राजगढस्थित राजवंशी चोकमा आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने र त्यसपश्चात् झापा गाउँपालिकामा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका झापा इन्चार्ज रञ्जित तामाङले जानकारी दिए। आजबाट झापाबाट सुरु हुन लागेको अभियान हुलाकी मार्ग केन्द्रित भएर चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *