पुष्पकलम दाहाल 'प्रचण्ड'

सिरहा, १७ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरूको अहंकारका कारण पार्टी कमजोर बनेको बताएका छन् । जनजागरण अभियानका क्रममा शनिबार सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माओवादीमा २०६४ को विजयबाट अहंकार पलाउनुका साथै देशी–विदेशी तत्वहरूले पनि षड्यन्त्र गरेर कमजोर बनाएको उनको आरोप छ । ‘हामीमा अहंकार पलायो, हामीविरुद्ध षड्यन्त्र पनि भयो,’ उनले भने, ‘तर, अब हामी सच्चिएर अगाडि बढेका छौं ।’

देशमा माओवादी कमजोर हुँदा अहिले सरकारमा भएका दलहरूले प्राप्त उपलब्धि नै खत्तम पार्न कुचेष्टा गर्ने गरेको भन्दै माओवादी फेरि २०६४ मै फर्किने दाबी उनले गरे । दाहालले मधेश र मधेशीसँग हिजोको निरंकुश सामन्ती राज्यसत्ताले दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरेको र अहिले पनि त्यो जारी नै रहेको बताए ।

देशका हरेक नागरिकसँग सामान व्यवहार हुन नसकेसम्म समृद्धि सम्भव नरहेको पनि उनको भनाइ छ । अहिले सरकारमा भएका दलहरू मधेशसँग सधैं गलत व्यवहार गरेको, मधेशवादी दलहरू पनि मधेशलाई प्रयोग मात्रै गर्ने गरेको भन्दै मधेशको मुक्तिदाता माओवादी नै रहेको दाबी उनले गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *