भद्रपुर, १८ फागुन–झापाको कचनकवलमा पुराणको प्रसाद खाएर १६ जना फुडपोइजन भएर बिरामी परेका छन् । बिरामी परेकाहरूको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

फुडपोइजन भएर बिरामी परेकाहरूमध्ये बालबालिकादेखि वृद्धवृद्धा समेत रहेको स्वास्थ्य केन्द्रका डा। दिपेन राजवंशीले जानकारी दिए । विषाक्त खाना खाएका कारण उनीहरूमा वान्ता हुने, झाडापखाला लाग्ने, पेट पोल्ने तथा उच्च ज्वरो आउने लक्षण देखा परेको डा। राजवंशीको भनाई छ ।

बिरामीहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक कीटाणु समेत देखा परेको बताउँदै डा। राजवंशीले भने, ‘अधिकांश बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ, प्राथमिक स्वास्थ्य केन्द्र भएकोले बेड तथा जनशक्ति अभावकाकारण उपचारमा केही असहज भएको हो ।’

कचनकवल गाउँपालिका–६ बनियानी निवासी पशुपति दाहालको वार्षिकीको अवसरमा आयोजित पुराणमा आफन्त लगायत छरछिमेकीहरु गएर प्रसाद खाएका थिए । सोही प्रसाद खाँदा उनीहरू फुडपोइजन भएर बिरामी परेका हुन् । बिरामीहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *