दमक, २१ फागुन–झापाको दमक–४ मा अवस्थित आस्था कलेज अफ मेनेजमेन्टले भोली (बिहिबार) १०५ जना विद्यार्थीहरु दीक्षित हुने भएका छन् ।

आस्था कलेज अफ मेनेजमेन्टबाट ०८० सालमा बीबीएस (स्नातक तह) अध्ययन पुरा गरेका १०५ जना विद्यार्थीलाई बिहिबार एक भब्य समारोहबीच दीक्षित गरिने भएको हो ।

आज (बुधबार) आस्था कलेज अफ मेनेजमेन्टले आफ्नै प्रशासनिक भवनमा पत्रकार सम्मेलन गरेर दीक्षन्त कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा कलेजका प्रमुख टेकनाथ भण्डारीले बीबीएस (स्नातक तह) उत्तीर्ण गर्ने १०५ जना विद्यार्थीहरुलाई दीक्षन्त गरिने जानकारी गराउनुभएको छ । दीक्षान्त समारोहमा दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कलेजका प्रमुख भण्डारीका अनुसार सन् २०१५ सालमा आइएसओ ९००१ मान्यता प्राप्त कलेजले सन् २०१९ मा कोशी प्रदेशको उत्कृष्ठ कलेजको उपाधि प्राप्त गर्दै नेपालको उत्कृष्ठ ३ मा आफ्‌नो स्थान हाँसिल गर्न सफल भएको बताउनुभयो ।

कलेजका अध्यक्ष बलभद्र कोइरालाले व्यवस्थापन संकायतर्फ उत्कृष्ठ बन्दै आएको कलेजले आगामी दिनमा विज्ञान, व्यवस्थापन अन्तर्गत एमबीएस, एमबीए, बीबीए, बीआइएम, बीएचएम लगायतका प्रविधि र सीपमूलक शैक्षिक कार्यक्रम थप गर्ने बताउनुभयोे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *