पोखरा, २३ फागुन–पोखरामा कोटीहोम आयोजना गरेको सेवा फाउण्डेसनले आयोजना गरेको भूमिपूजनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ। लेकसाइडस्थित बाराहीघाटमा फाउण्डेसनले कोटीहोम आयोजनाका लागि भूमिपूजन गर्न लाग्दा नगर प्रहरीले रोक्दा खोजेको थियो ।

पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न लागिएको भन्दै रोक्न खोजेको थियो । महानगरका प्रहरीसहित नेपाल प्रहरी भूमिपूजन रोक्न पुगेपछि कोटीहोम पक्षधरले आक्रमण गरेका थिए ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । महानगरले अनुमतिबेगर लेकसाइडमा भूमिपुजन गर्न लागेको भन्दै रोक्न नगर प्रहरी खटाएको थियो ।

मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपूजन थालेको महानगरले जनाएको छ । भूमिपूजन रोक्न कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी खटाइएको थियो । सोही क्रममा भण्डारीका समर्थक आक्रोशित बनेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *