डुडामारी (शिबसताक्षी), २३ फागुन–शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयले आज ५१औ बार्षिक उत्सब तथा अभिभावक दिवस भब्यताको साथ सम्पन्न गरेको छ ।

शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको शिवसताक्षी नगरपालिकाको प्रमुख मेगाहाङ थोप्रा (रोशन) ले समुदघाटन गर्नुभयो । उद्घाटन कार्यक्रमपछि सम्बोधन गर्नुहुँदै नगरप्रमुख थोप्राले नगरमा रहेका सामुदायिक विद्यालयको भौतिक पुर्बधारसंगै शैक्षिक गुणस्तरमा वृद्धि गर्नको लागि नगरपालिका दत्तचित्त भएर लागि परिरहेको बताउनु भयो । थप प्रशंगमा नगर प्रमुख थोप्रोले बालसेवा आधारभुत विद्यालय आधारभुत तहको उत्कृष्ट बिध्यलयको रुपमा संचालन भैइरहेकोले स्मार्ट बिध्यालय घोषणा गरिएको र विद्यालयलाई आवस्यक समस्याको व्यवस्थापन गर्न आफू सदैब तयार रहेको बताउनुभयो ।

सो अवसरमा विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्कीले बिध्यालयको स्थापनाकाल, बिगतदेखि आगामी वर्षका योजनासहितको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

उक्त कार्यक्रममा विद्यालय बस खरिद अभियानमा आर्थिक सहयोग गर्नुहुने दाताहरु निर्मला बस्कोटा, जितेन्द्रराज चेम्जोङ्ग लगायतलाई, बर्ष उत्कृष्ट शिक्षकहरु मुकेश यादब र नवीन लामिछानेलाई सम्मान गरिएको थियो ।

त्यस्तै, बालसेवा सेभेन स्टार कार्यक्रममा उत्कृष्ट छात्र छात्राहरु र बालसेवा सेभेन स्टार नायक शिक्षक रेनुका राई घोषित हुनुभयो ।

सोही अवसरमा सुजना सेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष, अम्बर सेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष, धनबर्ण हंसमाया चेम्जोङ्ग स्मृति छात्रवृत्ति अक्षयकोष, धनकुमर रनमाया सेर्मा स्मृति छात्रवृत्ति अक्षयकोष, ताराप्रसाद कार्की स्मृति छात्रवृत्ति अक्षयकोष र सकिला राई स्मृति छात्रवृत्ति अक्षयकोषद्धारा प्राप्त ब्याजबाट लक्षित विद्यार्थीहरुलाई छात्रवृत्ति तथा ३५ जना बिपन्न बिध्यर्थीलाई विद्यालय पोषक बितरण गरिएको थियो ।

त्यसैगरि, विद्यार्थीहरुले विभिन्न नृत्य, गायन तथा स्पिच प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

कार्यक्रममा स्वेच्छिक अवकास लिनुभएका शिक्षक बमबहादुर बुडाथोकी तथा स्थायी नियुक्ति भैइ अन्यत्र सरुवा भएका शिक्षक ममता लिम्बुलाई धन्यवादसहित बिदाई गरिएको थियो । त्यस्तैं, हालै, सरुवा भएर आउनु भएका शिक्षक सन्देश घिमिरेलाई कार्यक्रममा स्वागत गरिएको थियो ।

सो अवसरमा नेपाल शिक्षक महासंघ शिवसताक्षीका सचिब हेतिराज निरौला, नेपाल रेड्क्रस शिवसताक्षी शाखाका सभापति गोबिन्द काफ्ले, भानु माध्यमिक विद्यालयका प्रधानध्यापक डामकुमार कुँवर, विद्यालय व्यवस्थापन समितिका सस्थापक अध्यक्ष जितेन्द्रराज चेम्जोङ्ग ,शिवसताक्षी नगर शिक्षा शाखा प्रमुख छबि ढकाल लगायतले शुभकामना मन्तब्य बोल्नु भएको थियो ।

गतबर्ष स्वर्ण महोत्सव सम्पन्न गर्दै स्कुल बस खरिद अभियान संचालन गरि हाल स्कुल बस सन्चालनमा आइसकेको छ । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भैइरहेको छ । साथैं, निकट भबिस्यमानै माध्यमिक तहको कक्षा संचालन गर्ने योजना समेत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिनभयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत मन्तब्य सायक प्रधानध्यापक रेनुका राईले र संचालन शिक्षकद्धय सन्तोष खत्री र गणेश कटुवालले संयुक्त रुपमा गर्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *