शेरबहादुर देउवा

धनुषा, २३ फागुन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन् ।

महोत्तरीको मनराशिश्वामा आज (शुक्रबार) आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन् ।

‘अहिले एउटा पार्टीको सरकार बन्न निकै गाह्रो छ । त्यस कारण दुईटा पार्टी मिलेर सरकार बनेको छ । अहिले ओलीजी हुनुहुन्छ । पछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो ।

म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु,’ उनले भने।

खडेरी हुने, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै गएर जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा समेत परेकोले नेपालका सबै राजनीतिक दल जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउने समेत देउवाको दाबी छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *