पुष्पकमल दाहाल 'प्रचण्ड'

रौतहट, २४ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन ।

पूर्वर।जा ‘ज्ञानेन्द्र शाहले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मुर्खता नै भन्छु’, अध्यक्ष प्रचण्डले भने, ‘अब अहिले पनि फेरि मुर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन ।’

‘जनतासँग माओवादी स् तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको गरुडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको दावी गरे । ‘नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो’, उनले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहदैनन् ।’

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिए ।

तराई मधेश जागरण कार्यक्रमअन्र्तगत अध्यक्ष प्रचण्ड शुक्रबार राति रौतहट आएका हुन । आज उनको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा चलिरहेको यो अभियानका टोली गए राति गरूडामा बास बसेको थियो । मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *