जाजरकोट, २६ फागुन– जाजरकोटमा मध्यराति घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका–८ साँक्टका जनकबहादुर रोकायाको घरमा आइतबार राति आगो लाग्दा उनका १२ वर्षीय छोरा अमरबहादुर रोकायाको मृत्यु भएको हो ।
खाना पकाउने क्रममा चुलोबाट भारमा आगो सल्किएर अमरको मृत्यु भएको हो । आगलागीमा परी जनक र उनकी आमा बिजुली समेत घाइते भएका छन् ।
सात जनाको परिवार रहेको उक्त घरमा अरु सबैले भागेर ज्यान जोगाएका थिए। यस्ते तल्लो तलामा रहेका पशु चौपाय स्थानीयले उद्धार गरी बाहिर निकालेका थिए ।
आगलागीबाट घरभित्रका लत्ताकपडा, अन्न र केही नगद पनि जलेको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले बताए । पैक प्रहरी चौकीको टोलीले घटनास्थल पुगेर विवरण संकलन गरिरहेको छ ।
