धरमपुर, २६ फागुन–झापाको शिबसताक्षी–१ धमरपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा आइतबार नगरस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
युवा तथा बोद्धिक व्याक्तित्व विदेश पलायन हुनु रहर हो की बाध्यता भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगितामा शिबसताक्षीका १० वटा विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
सो प्रतियोगितामा भानु माध्यमिक विद्यालय (शिबसताक्षी–७ लालझोडा) मा कक्षा ९ की विद्यार्थी कञ्चन काफ्ले प्रथम भएका छन् । त्यस्तैं, भानु माध्यमिक विद्यालय (शिबसताक्षी–३ पाराबारी) मा कक्षा–९ की विद्यार्थी प्रविन आचार्य द्धितीय भएका छन् ।
यता, शिबसताक्षी–७ ब्याङ्डाडास्थित भगवती माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत विद्यार्थी प्रेशिक्षा खनाल तृतीय भइन भने शिबसताक्षी–२ मंगलबारेस्थित मोती माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत अंशु चौलागाई चौथो भएका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राले नगर पुरस्कारसहित खादा र अविर लगाएर प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने कञ्चन काफ्लेले नगद ८ हजार, दुतीया हुने प्रविन आचार्यले नगद ६ हजार, तीनृया हुने प्रशिक्षा खनालले ४ हजार र चौथो हुने अंशु चौलागाईले नगद २ हजार प्राप्त गरेका थिए ।
सोही कार्यक्रममा विद्यालयमा स्थापना गरिएको अम्बरबहादुर थापा र माधव भण्डारीले स्थापना गर्नुभएको अलग–अलग अक्षयाकोषबाट शैक्षिक सत्र २०८० सालका उत्कृष्ट जेहेन्दर विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानध्यापक खगेन्द्र लम्जेलले जानकारी दिनुभएको छ ।
अधिबक्ता अम्बरबहादुर थापाले आफ्ना स्वर्गीय पिता नरबहादुर थापा र माता तारादेवी थापाको स्मृतिमा स्थापना गर्नुभएको अक्षय कोषबाट कक्षा १२ मा अध्ययनरत उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो । २०८० सालको माध्यमिक तहको अन्तिम परीक्षामा सर्वाधिक जिपिए हासिल गर्ने सुवर्णा लिम्बु र सन्देश आचार्यलाई जनही रु ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, कार्यक्रममा विद्यालयका पूर्व शिक्षक माधवप्रसाद भण्डारीले स्थापना गर्नुभएको अक्षयकोषबाट कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने सिकम चेम्जोङ र सहारा खड्कालाई जनही रु। ५ हजार नगद प्रदान गरिएको थियो । साथै, सोही कोषबाट कक्षा १२ का सुवर्ण लिम्बु र सन्देश आचार्यलाई पुनः छात्रवृत्ति प्रदान गरिएकोे थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर खबासको अध्यक्षतामा र नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राका प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा शिबसताक्षी–१ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ, पूर्व वडाध्यक्ष सुवास राई, विद्यालयका पूर्वप्रधानध्यापक भवानीप्रसाद नेपाल, पूर्व अध्यक्ष जयबहादुर विश्वकर्म, अक्षयाकोष दाता तथा विद्यालयका पूर्व शिक्षक माधव भण्डारी, अक्षयकोषदाता तथा अधिबक्ता अम्बरबत्रहादुर थापा लगायतनको उपस्थिति थियो ।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानध्यापक खगेन्द्रबहादुर दाहालले स्वागत मन्तब्य राख्नुभएको थियो । त्यस्तैं, कार्यक्रममा कवि श्रद्धा दाहालले कविता वाचन गरेका थिइन् ।
