सुरुङ्गा, २६ फागुन–कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा मेचीनगरको काँकरभिट्टा महिला फुटबल क्लब विजयी भएको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज भएको खेलमा दमकको ध्रुवतारा महिला फुटबल टिमलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्त्तरले पराजित गर्दै मेचीनगरको काँकरभिट्टा विजयी भएको हो ।

भोलि २७ गते मंगलबारको खेल गौरादह र शिवसताक्षि नगरपालिकाको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो ।

जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *