गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), २६ फागुन–झापाको शिवसताक्षी–८ डुडामारीस्थित भगवती आधारभुत बिध्यालयले एक कार्यक्रमको आयोजना गरि अक्षयकोष छात्रवृत्ति बितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार, विद्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन) ले छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रमको उद्घाटन गर्नु भयो । सो अवसरमा नगर प्रमुख थोप्राले विद्यालयको जिर्ण अवस्थामा रहेको जस्ता पाताको छाना चाडै फेरिने र सौचालय पनि पुनः निर्माण यहि आर्थिक बर्षमा सम्पन्न हुने गरि काम भैइरहेको बताउनुभयो ।

त्यस्तै, विद्यालयका लागि कागजी काम गर्नको लागि प्रिन्टर एक थान उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो । साथै, नगर प्रमुख थोप्राले आफू सामुदायिक बिध्यालयको शैक्षिक र भौतिक पूर्वाधार बिकास गर्न सधै सकारात्मक रहेको समेत बताउनुभयो ।

कार्यक्रममा सुजना सेर्मा स्मृति छात्रवृत्ति अक्षकोष र सुखबहदुर ंजसमाया सेर्मा स्मृति अक्षयकोषबाट प्राप्त ब्याजले बिपन्न तथा जेहेन्दार १२ जना बिध्यार्थीहरुलाई बिध्यालय पोशाक बितरण गरिएको बिध्यालयका प्रधानध्यापक टेकबहादुर थापा मगरले जानकारी दिनु भयो । प्रअ मगरका अनुसार ७ जना बिध्यार्थी सुजन सेर्मा स्मृति छात्रवृत्ति र ५ जना बिपन्न तथा जेहेन्दार बिध्यार्थीलाई सुखबहादुर, जसमाय सम्बाहम्फे सेर्मा स्मृति छात्रवृत्ति अक्षयकोषबाट प्राप्त ब्याजको रकमबाट हस्तान्तरण गरिएको हो ।

त्यसैगरि सोही अवसरमा अक्षायकोष दाताहरु, चन्दा दाताहरु, रङरोगन गर्ने दाता, विद्यालय कम्पाउण्डमा टाली लगाइ दिने दतालगायतलाई सम्मान समेत गरिएको थियो ।

यसरी सम्मानित हुनेमा अक्षयकोष दातहरु अम्बिका पन्धाक सेर्मा, आशाहाङमा लावती सेर्मा, तरादेबी सेर्मा इजम रहेका छन । त्यस्तै अन्य दाताहरुमा दलकुमार सेर्मा, भिमप्रसाद सेर्मा, झमक गौतम, रमेश थापा र देबेन्द्र घिमिरे रहेका छ्न ।

विभिन्न सस्कृतिक कार्यक्रमसमेत रहेको कार्यक्रममा पुर्व शिक्षक कमलप्रसाद तामाङ, जन आस्था साकोसका अध्यक्ष जायश्वर आङ्देम्बे, वडा न ८ का अध्यक्ष सन्तकुमार फेवदिन, लगायतले शुभकामना मन्तब्य बोल्नु भएको थियो भने कार्यक्रमको औचित्यको बिषयमा बिध्यलयका प्रअ मगरले बोल्नु भएको थियो ।

त्यस्तै, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भक्तराज लिम्बुको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तब्य शिक्षक लुना भण्डारीले बोल्नुभयो भने कार्यक्रमको संचालन शिक्षक पुस्पा कोइरालाले गर्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *