काठमाडौं, २७ फागुन–यसअघि मासिक रूपमा रेमिटेन्स भित्रिने दर घट्न थालेकोमा पुसबाट फेरि सुधार देखिन थालेको छ।
मंसिरमा एक खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएकोमा पुसमा एक खर्ब २२ अर्ब र माघमा एक खर्ब ३७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
पछिल्लो २५ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
चालु आर्थिक वर्ष २०८१।८२ को सात महिनासम्म ९साउनदेखि माघ० मा भने ९ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
गत आर्थिक वर्ष २०८०।८१ यही सात महिना (साउनदेखि माघ) मा भने ८ खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
