बिर्तामोड, २७ फागुन–बिर्तामोडमा गएराति नेकपा (एमाले) कै युवाहरुबीच ग्याङफाइट हुदाँ तीन जना घाईते भएको खुलेको छ ।

ग्याङफाइटमा परेर एमालेको युवा दस्ता राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यसहित तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने ३७ बर्षिय खगेन्द्रराज आङदम्बे (राज), एमालेका बिर्तामोड नगर कमिटी सदस्य वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षका विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नं ४ बस्ने अन्दाजी ३० बर्षका अजय खवास रहेका छन् ।

घाइतेहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष ४५ का खगेन्द्र खालिङ राईलगायतको ४÷५ जना युवा आएर तरबारजस्तो देखिने धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ । खालिङ पनि एमालेकै कार्यकर्ता हुन् । यसअघि उनी लिम्बुवान संगठनमा रहेका थिए ।

गएराति १२।४५ बजे बिर्तामोड नगरपालिका वडा न।४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई÷पिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो ।

आपसी लेनदेनका विषयमा उनीहरुबीच विवाद भएको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्नहरु फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *