सुरुङ्गा, २७ फागुन–झापाको सुुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राििष्ट्रय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आसन्न स्ववियु निर्वाचनमा उम्मेदवारी मनोनय दर्ता गरेको छ ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज (मंगलबार) उम्मेद्वारी मनोनयन दर्ता गराएको एकीकृत समाजवादीका कनकाई नगर कमिटीका अध्यक्ष प्रतिक राजवंशीले जानकारी दिएका हुन् ।
कनकाई बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा अनेरास्ववियूको तर्फबाट सभापति पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको हो । अनेरास्ववियूबाट कनकाई बहुमुखी क्याम्पसमा सभापति पदमा सुनीराम मुर्मुलाई अघि बढाएको र सचिव पदका लागि रोशन विश्वकर्मा र कोषाध्यक्ष पदका लागि रेजिना दियालीलगायतले उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।
मीरा प्रधानको अध्यक्षता रहेको अनेरास्ववियू कनकाई बहुमुखी क्याम्पस कमिटीले एकल उम्मेद्वारी दिएको छ ।
प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ आठ गरी जम्मा १९ जनाको प्यानलमा अन्य कुनै दलसँग गठवन्धन नगरी अनेरास्ववियूले एकल उमेद्वारी दिएको बताइएको छ ।
सुनिरामको इमान्दारीता र कुशल नेतृत्व देखेर विद्यार्थीहरुको उनलाई सभापतिमा उठ्न प्रेरित गरेको छन् । उनले सभापतिका लागि उम्मेद्वार बन्ने योजना नबनाएपनि सबै संकायका विद्यार्थीहरुले उनलाई उठ्न प्रेरित हुन् ।
प्रत्येक वर्ष हुने शैक्षिक भ्रमणमा सधैँ विवाद, किचलो हुने गरेको मंसिरमा भएको शैक्षिक भ्रमणमा उनको इमान्दारिता, स्वच्छ र निष्पक्ष हविका कारण विद्यार्थीहरुले उनलाई कनकाई बहुमुखी क्याम्पस भ्रमण व्यवस्थापन समिति २०८१ को अध्यक्ष बनाएका थिए । उनको नेतृत्वमा भ्रमण गर्दा कुनै किसिमको झैझगडा वा विवाद नभई सबै स्नातक चौथो वर्षका बिए, बिएड र बिबिएस एवम् मास्टर्स चौथो सेमेष्टरका सबै विद्यार्थीहरूले सबै मिलेर यादगार भ्रमण गर्न पाएका थिए ।
‘किसान परिवारमा हुर्केका उनी झापा जिल्लाको आदिवासी सन्थाल समुदायबाट आएका हुन्। पछाडि परेको उक्त समुदायबाट स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी विरलै भेटिन्छन्। उनको विजय नेपाली समाजको सहिष्णुता र उदारता को दृष्टान्तका रूपमा इतिहासमा दर्ज हुने विश्वास छ।’
नेकपा (एकीकृत समाजवादी) कनकाई नगर कमिटीका अध्यक्ष राजवंशीले भने ‘विद्यार्थीहरुले इमान्दार र स्वच्छ विकल्प चाहेका छन्, त्यो हामीले दिएका छौँ, बाँकी परिणाम विद्यार्थीको हातमा छ ।’
सबै संकायका विद्यार्थीको समर्थन र माग भएको कारण सुनीरामलाई सभापतिका लागि छनोट गरेको राजवंशीले बताए । उनी लोकप्रिय भएपनि उनले यो पदका लागि मरिहत्ते नगरेको बताउँदै राजवंशीले त्यसैले उनी लायक छन् किनकि शक्तिको लागि त्यो लायक हुन्छ जो शक्ति लागि लिप्त हुँदैन भनेरै सभापतिका लागि उनलाई अगाडी सारेको बताए ।
