धरमपुर, २८ फागुन–झापाको धरमपुरस्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले आज संस्थाको अर्थवार्षिक समिक्षा तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

शिबसताक्षी–१ धरमपुरमा अवस्थित सो सहकारी संस्थाले बुधबार धरमपुर चौकमा चालु आर्थिक बर्ष २०८१।८२ अन्तर्गत संस्थागत निती, योजना र बजेट बारेमा समिक्षा गर्नुका साथै संस्थाका सदस्यहरुलाई वचत तथा ऋण सम्बन्धि संचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

ेसहकारी संस्थाका अध्यक्ष कुमार शंकरको अध्यक्षतामा र जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समेत रहनुभएका सहकारी अभियान्ता बिनोद ढकालले कार्यक्रममा सहजिकरण गरेका थिए ।

कार्यक्रममा सहजकर्ता ढकालले सहकारी संस्थामा वित्तीय विश्लेषण, बस्तु तथा सेवा विकास, योजना तथा बजेट तर्जुमा, सुशासन, कर व्यवस्था, कानुनी व्यवस्था, सम्पत्ति शुद्धिकरण, आन्तरिक लेखा परीक्षण, जाली नोट पहिचान, हस्ताक्षर जाँच, वित्तीय साक्षरता, जोखिम व्यवस्थापन, बचत तथा ऋण व्यवस्थापन (बचत ऋणको कारोबार गर्नेहरूको लागि), संस्थाको व्यवसाय अनुरूपको प्राविधिक तालिम तथा बजार व्यवस्थापन सम्बन्धि विषयमा सहकिजरण गरेका थिए ।

त्यस्तैं, समिति–उपसमितिका पदाधिकारी तथा सदस्यहरूलाई र कर्मचारीहरूलाई प्रवेश गर्दा शुरूमै र कार्य जिम्मेवारी हेरफेर हुँदा थप तालिम दिलाउनेको व्यवस्था मिलाउनु पर्नेमा पनि जानकारी गराएका थिए । सहकारीका सदस्यहरूको लागि सदस्य शिक्षा तथा सहकारी शिक्षाको अतिरिक्त तालिमको रूपमा उद्यमशिलता विकास तालिम, वित्तीय साक्षरता तालिम तथा विभिन्न सीप विकास सम्बन्धी तालिमहरूलाई नियमित उपलब्ध गराउने बारेमा प्रशिक्षण गराएका थिए ।

संस्थाका उपाध्यक्ष चन्द्र खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सचिव नारदमणी रिमालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कुमार शंकरले संस्थामा शेयर पुँजी रु ९५ लाख रहेको छ भने बचततर्फ रु ५ करोड ५० लाख र ऋण लगानीतर्फ रु ७ करोड रहेको जानकारी गराए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *