नरहरिनाथ, २८ फागुन–नेकपा (एमाले) र कांग्रेस परित्यागरी ४५ जना स्थानीय नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ।

मंगलबार एकीकृत समाजवादी नरहरिनाथ गाउँपालिका कमिटी कालिकोटको अधिवेशनका अवसरमा उहाँहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको हो।

उहाँहरूलाई कर्णाली प्रदेश कमिटी सचिव धीरबहादुर बिष्ट, कर्णाली प्रदेश कमिटी किशोर रावल र गोरख सार्कीले पार्टीमा स्वागत गर्नुभएको छ। पालिकाको वडा नम्बर २, ९, ८ र ५ बाट एमाले र कांग्रेस परित्याग गरेर एकीकृत समाजवादी रोज्नुभएको हो।

अधिवेशनले कर्णबहादुर बुढाको नेतृत्वमा ४१ सदस्सीय गाउँपालिका कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा कुलबहादुर बटाला, काली बहादुर बिष्ट, सचिवमा मानपुरा बिकलाई चयन गरिएको छ। त्यस्तै उपसचिवमा दानबहादुर बुढालाई चयन गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *