दमक, २९ फागुन–दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले आज एक कार्यक्रमबीच विद्यालयले विभिद गतिविधिहरुबीच बार्षिकोत्सव धुमधामका साथ मनाएको छ ।
विहिबार, विद्यालय परिसरमा आयोजना गरिएको विद्यालयको वार्षिकोत्सवमा विभिन्न विषयगत गतिविधिहरुतर्फका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथैं, मनोरञ्जनात्मक गीतसंगीत, नृत्यसहित कविता वाचन गरिएको थियो ।
विद्यालय बाल सञ्जालकी अध्यक्ष समिका पाँचकोटीको अध्यक्षतामा र दमक नगरपालिकाका शिक्षा समितिका संयोजकसमेत रहनुभएका दमक–९ का वडाध्यक्ष कुवेर भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटनलाई संचेतनामुलक बनाइएको थियो । स्टेजको एकातर्फ किनारामा कपडाले छोपेर राखिएको आर्कषक सोकेसलाई कार्यक्रमका प्रमुख अतिथि कुवेर भट्टराईले खोलेर उद्घाटन गर्नुभएको थियो ।
त्यहाँ, स्वास्थ्य बद्र्धक खानेकुराहरुलाई विभिन्न तहगत विभाजन गरेर त्यसै अनुसारको प्राथमिकता बनाएर छुट्याइएको थियो ।
सो कार्यक्रममा माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सहभागि हुँदै गरेका कक्षा–१० का विद्यार्थीहरुलाई शैक्षिक प्रगतिसहितको शुभकामना तथा बिदाई गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल नबीन योगी र शिक्षक–शिक्षिकाहरुले बिदाई भएर जादैगरेका विद्यार्थीहरुलाई फुल, अविर र खादा ओढाएर मायाको चीनो प्रदान गरिएको थियो । त्यस्तैं, बिदाई हुने विद्यार्थीहरुको शैक्षिक उन्नती र प्रगतिको शुभेच्छा व्यक्त गर्दै विद्यालयका विद्यार्थीहरुले केक काटेर खुवाइएको थियो ।
यता, विद्यालयका पूर्वविद्यार्थी तथा दमक नगर बाल सञ्जालका अध्यक्ष प्रियेश श्रेष्ठले विद्यालयमा राम्रो शैक्षिक बातबरण, शिक्षक/शिक्षिकाहरुको लगनशिलता र रचनात्मक तथा सृजनात्मक गतिविधिहरुले सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुको कला र प्रतिभा बृद्धि हुँदै गएको बताउनुभयो । श्रेष्ठले विद्यालयको सिक्ने स्कुल अभियानको कारण म आज यतिका क्षमतासहितको एउटा कुशल बक्ताको रुपमा विद्यार्थीको परिचय बनाउन सफल भएको बताउनुभयो ।
सर्वोदय बाल सञ्जालका अध्यक्ष इसान केरुङको स्वागत र सचिव श्रीबिना राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । त्यस्तैं, कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले साँस्कृतिक भेषभुषासहितको गीत र नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रम सुरु हुनु अघि सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयका स्काउट विद्यार्थीको टिमले विभिन्न खेल तामासाहरु प्रर्दशन गर्नुका साथै शिक्षा र चेतना मुलक गतिविधिहरु सञ्चालन गरेका थिए ।
