दमक १ चैत–रङहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा हिजै (बिहिबार) होली पर्व अर्थात फागु पूर्णिमा मनाइएको छ ।

यसैबीच, दमकस्थित डेलिया मन्टेश्वरी तथा ‘स्मार्ट स्कुल’ ले बिहिबार, होली मिलन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्कुलका विद्यार्थीहरु, विद्यालयका शिक्षिकाहरु र अन्य कर्मचारीहरुबीच विभिन्न रङका टिका लगाएर होली मनाएका थिए ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ।

भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *