काठमाडौं, २ चैत–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजमौन अवधि शुरु हुँदैछ। मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा व्यस्त बनेका छन्।

८२ क्याम्पसमा निर्विरोध नेतृत्व निर्वाचित भइसकेका छन् । जसमा नेकपा एमाले निकट अनेरास्ववियु पहिलो बनेको छ भने कांग्रेस निकट नेविसंघ दोस्रो भएका छन् ।

यता १८ आङ्गिक क्याम्पसमा भने निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन। विद्यार्थी संगठनबीच विवाद हुँदा १८ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अघि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो। त्रिविअन्तर्गतका क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *