काठमाडौं, ३ चैत–सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन्।

उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

जोशीको पसलबाट ग्यास किनेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन्। जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *