पाउ पाथीभरा

कनकाई, ४ चैत्र–झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उदेश्यका साथ शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको हो ।

पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको नवाह महायज्ञ आगामी चैत १७ गते आईतबार देखि चैत २५ गते सोमबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिनुभयो ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न साथै विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी, विपति आईनपरोस भन्नका लागि महायज्ञको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न १ सय १ मुल आयोजक समिति गठन गरेको र विभिन्न १७ वटा उपसमिति निर्माण गरि तयारीलाई तिव्रता दिएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो ।

हरेक वर्ष पाउपाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको र यसकै निरन्तरता स्वरूप नवाह महायज्ञ आयोजना गर्नलागेको र यसको सम्पूर्ण तयारी पूरा भएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न करिब १० लाख रुपैयाँँ खर्च लाग्ने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष तथा पुराण व्यवस्थापन समितिका आर्थिक संयोजक लालबहादुर थेवे बताउनुभयो ।

१७ गते आईतबार उद्घाटन हुने महापुराण कथा प्रवचन दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि १० बजेसम्म एवं रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने र उक्त महायज्ञ सब्य अनि भब्य रुपमा सम्पन्न गर्न मुल आयोजक समिति सहित विभिन्न उपसमितिहरु यतिबेला लागिपरेकाछ्न ।

महायज्ञको कथा वाचन आचार्य प। बालकृष्ण अर्याल र पाठ पारायण पं।प्रदिप दवाडीबाट हुने प्रचारप्रसार समितिका संयोजक रेवत दाहालले जानकारी दिनुभयो महायज्ञ सम्पन्न गर्न आर्थिक एवं विभिन्न रुपले सक्रियभई सहयोग गर्न आम जनसमुदाय समक्ष पुराण व्यवस्थापन समितिका संयोजक ढकालले अपिल गर्नुभएको हो ।

आगामी चैत २४ गते सामुहिक रामनहमीको अवसर पारेर सामुहिक वर्तमान तथा गुन्युचोली पनि हुने भएकाले यदि कसैको त्यस्तो चाहना भए सम्पर्क गर्न पनि पुराण व्यवस्थापन समितिका संयोजक ढकालले आग्रह गर्नुभयो ।

त्यस्तै २४ गते साँझ लक्ष्यवर्तिदिप प्रज्वलन, श्रृङ्गार, आरती, महात्म्य आदि हुने र २५ गते सोमबार पुरणावति, तिलकप्रसाद वितरण, गुरु पन्डित विधाई सहित समापन हुने आयोजक समितिले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *