नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता डा.बेदुराम भुसाल

काठमाडौँ, ४ चैत–नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य डा.बेदुराम भुसालले राजसंस्था पुनः स्थापना गर्ने कुरालाई इतिहासले नै ठिक नभन्ने जिकिर गर्नुभएको छ।

सोमबार सभाको बैठकमा बोल्दै डा।भुसालले भन्नुभयो, ‘इतिहासले राजतन्त्र ठिक थियो भन्दैन। आजफेरी राजसंस्था स्थापना गर्छौं कसैले भन्छ भने त्यो पनि ठिक हुँदैन। अर्को कुरा यो राजनीतिक विषय नै होइन ।

राजनीतिक विषय भनेको हामीले प्राप्त गरेको उपलब्धिले सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक रूपान्तरण गर्न नसक्नु हो। परिवर्तनपछि लिनुपर्ने कार्यक्रम, हामी हिड्नुपर्ने बाटो तय गर्न नसक्दा सामाजिक रूपान्तरण हुन सकेन।’

उहाँले अगाडि भन्नुभयो, ‘नेपाली राजनीतिक बहस अहिले विरलिएको छ। अन्त्यै मोडिएको छ। फेरी पनि हामीले रूपान्तरणकै मार्गमा यसलाई अघि बढाउनुपर्छ। अहिलेको समस्या वर्तमान व्यवस्थाले नै समाधान गर्छ र गर्नुपर्छ। राजतन्त्र ल्याएर वर्तमान समस्या समाधान हुनेहोइन। विश्वको इतिहासलाई हेर्यो भने जम्मा तीनवटा देशमा मात्रै राजतन्त्र पुनः स्थापना भएको छ।

बेलायतमा, स्पेनमा र कम्बोडियामा राजतन्त्र पुनःस्थापना भएको थियो। किन भयो रु राजतन्त्र अन्त्यपछिको शासन झन् निरंकुश भएका कारण त्यहाँ राजतन्त्र पुनः स्थापना भएको थियो। तर, हाम्रो देशमा यस्तो कुनै सम्भावना नै छैन।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *