नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव

काठमाडौँ, ५ चैत–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक अस्थिरता जनताका लागि अपाच्य भएको बताएका छन्।

झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए। उनले हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताए।

उनले जनताको राजस्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगविलास गरिरहेको बताए। उनले नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताए।

‘विप्लव’ले भने, ‘राजनीतिक अस्थिरता जनताका लागि अपाच्य भएको छ। जनता थकित देखिन्छन्। हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्नेबित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले व्यहोर्नुपर्ने, हामीले खडा गरेको राजश्वबाट सरकारमा बसेको सानो हिस्साले भोगविलास गर्ने टाइपको बन्यो। यसले आर्थिक, राजनीतिक क्षेत्रमा अराजकता र अस्थिरता सिर्जना गरेको छ।’

‘विप्लव’ले संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *