ताप्लेजुङ, ७ चैत–करिव एक महिनाअघि ताप्लेजुङमा पक्राउ परेका १८ जना केबुलकार विरोधीहरु आज साँझ रिहा भएका छन् ।आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा पक्राउ केबलकार खारेजी संघर्ष समितिका १८ जना कार्यकर्ताहरुलाई जिल्ला अदालत ताप्लेजुङबाट जनही रु।२० हजारका दरले धरौटीमा रिहा गरिएको हो । रिहाई भएको खुशीयालीमा उनीहरुले नारा जुलुस गरेका थिए ।
रिहा हुनेहरुमा पाँचथर फिदिम-११ बस्ने अन्दाजी वर्ष २२ का यमन राई, झापा बिर्तामोड ११ अर्जुनधारा बस्ने अन्दाजी वर्ष ३० की दिक्षा क्षेत्री, ताप्लेजुङ आठराई त्रिवेणी-१ बस्ने अन्दाजी वर्ष ४५ का नबिन पोमु, पाँचथर हिलिहाङ -६ बस्ने अन्दाजी बर्ष ४७ का मित्र लिङ्देन, सुनसरी इटहरी ३ बस्ने अन्दाजी वर्ष २३ का विवेक लिम्बू, मोरङ सुन्दरहरैचा-१० बस्ने अन्दाजी बर्ष ५८ का तुलाराम तामाङ ,सुनसरी इटहरी-३ बस्ने अन्दाजी वर्ष १९ का जुरन राई ,मोरङ उर्लावारी-१ बस्ने वर्ष ३९ का हरि लिम्बू रहेका छन् ।
यसैगरि, पाँचथर फिदिम १ बस्ने अन्दाजी बर्ष ४० की सुनिता केरुङ, इटहरी-२ बस्ने बर्ष अन्दाजी ३२ का अर्जुन तामाङ, वडा नं २० बस्ने अन्दाजी बर्ष ३२ का अनुप सुब्बा, इलाम-७ बस्ने अन्दाजी बर्ष ५१ का योगेन्द्र लावती, इटहरी-१० बस्ने अन्दाजी वर्ष १९ का बिशेष सुब्बा ,झापा बिर्तामोड २ बस्ने अन्दाजी बर्ष २० की इक्सा लिम्बू, सोही ठाउँ बस्ने बर्ष अन्दाजी २१ की निहा चेम्जोङ, पाँचथर याङवरक २ बस्ने वर्ष ४५ की इन्दिरा धौराली, ताप्लेजुङ फक्ताङलुङ ५ तापेथोक बस्ने वर्ष ४४ का सुबास तुम्बाहाम्फे र ताप्लेजुङ फुङलिङ ६ बस्ने सन्दिप लिम्बू पन रिहा भएका छन् ।
उनीहरुलाई गत फागुन १०, १२ र १४ गते पक्राउ गरिएको थियो ।
गत १० फागुनमा नो केवलकार आन्दोलनको क्रममा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रहरी प्रशासनले १८ जनालाई नियन्त्रणमा लिएको थियो ।
यसैवीच, सर्वोच्च अदालतले नो केवलकार आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको गत चैत ४ गतेको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालयका नाममा आदेश जारी गरेको थियो ।
